Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महासमितिमा पेश हुने प्रस्तावमा गठबन्धनको छाया देखियो, मौलिकतामा आधारित हुनुपर्थ्यो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा पेश भएका प्रतिवेदनमा गठबन्धनको छायाँ परेको बताएका छन् ।

शुक्रबार केन्द्रीय समितिको बैठकमा बोल्दै कोइरालाले प्रस्तावहरूमा कांग्रेस पार्टीको मौलिकता नभेटिएको बताएका हुन् ।

‘यहाँ प्रस्तुत प्रतिवेदन र दस्तावेजहरू हेर्दा कता-कता गठबन्धनको छायाँ परेको हो कि जस्तो देखियो’, कोइरालाले भने, ‘महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो त्यो देखिएन।’

पार्टीको विधानमा धेरै त्रुटी रहेको भन्दै कोइरालाले त्यसलाई परिमार्जन गरी समयानुकुल बनाउनुपर्नेमा जोड दिए ।

बिहीबारदेखि सानेपामा सुरू केन्द्रीय समितिमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठानिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077