Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

फाइनल प्रवेशका लागि नेपालले दियो मलेशियालाई ११६ रनको लक्ष्य

काठमाडौं । एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले मलेशियालाई ११६ रनको लक्ष्य दिएको छ ।

नेपालले ११५ रन बनाउने क्रममा २० ओभरमा ६ विकेट गुमाएको थियो । नेपालका लागि इन्दु बर्माले २९ रन बनाएकी थिइन् भने डली भट्टले विस्फोटक २५ रन बनाएकी थिइन् ।

त्यस्तै कविता कुँवरले २३ रन बनाउँदा रुविना क्षेत्रीले २० रन बनाएकी थिइन् । मलेशियाका लागि इजजाती इस्मालीले २ विकेट लिएकी थिइन् भने दुरासिंघमले १ विकेट लिएकी थिइन् ।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ ।

एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् । यसअघि पहिलो सेमिफाइनल खेलमा यूएईले थाइल्यान्डलाई पराजित गर्दै टी–२० एसिया कपमा स्थान पक्का गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077