Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी चैत र वैशाखमा दुईवटा अभियान सञ्चालन गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीको विधान अधिवेशनमा संश्लेषित विधान प्रस्तुत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईवटा अभियान सञ्चालन गर्ने जानकारी गराएका हुन् ।

जसअनुसार आगामी चैत १ देखि १५ गतेसम्म तराई मधेस जनजागरण अभियान चलाइने भएको छ ।

जसमा हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि–पश्चिमसम्मको अभियान चलाइने छ ।

त्यसैगरी हिमाल पहाड तराई राष्ट्रिय एकता अभियान पनि सञ्चालन गरिने छ ।

उत्तर–दक्षिण भनिएको उक्त अभियान वैशाख १ देखि १५ सम्म सञ्चालन हुने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077