Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब माओवादी महाधिवेशन प्रतिनिधि बन्न १० वर्षको अनुभव चाहिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को मस्यौदा विधानमा पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन प्रतिनिधि बन्न निश्चित पार्टी सदस्यता लिई दश वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

मस्यौदामा युवा र गरिबीको रेखामुनि रहेको परिवार, महिला, दलित, मुस्लिम, मधेसी, आदिवासी जनजाति, थारू अपाङ्गतालाई भने मापदण्डमा केही लचकता देखाइएको छ ।

यस्तो समूहबाट प्रतिनिधित्व गर्नेले भने पार्टी सदस्यता लिई ८ वर्ष मात्र काम गरेको भए पनि हुने मापदण्ड तोकिएको छ ।

त्यस्तै, राष्ट्रिय महाधिवेशन प्रत्येक पाँच वर्षमा गर्ने विधानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077