Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रशिक्षक देसाई भन्छन्–, हार हाम्रो लागि अवसर हो, फेरि बलियो बनेर आउनेछौं

    प्रशिक्षक देसाई भन्छन्–, हार हाम्रो लागि अवसर हो, फेरि बलियो बनेर आउनेछौं

    सुरूआती चार ब्याटरले राम्रो खेल्न नसक्दा यो नजिता आयो : कप्तान

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भयो । आजको हारसँगै नेपालले घरेलु मैदानमा एकदिवसीय खेलमा हात पारेको १५ खेलको जितको यात्रा समाप्त भएको छ ।

    बिहीबार नेपालले खराब ब्याटिङ गर्दा हार बोहोर्न बाध्य भयो। यससँगै नेपालको घरेलु मैदानमा १५ खेलको जित यात्रा पनि समाप्त भएको छ। सन् २०२२ को नोभेम्बर यता घरेलु मैदानमा खेलिएका १५ एकदिवसीय खेलमा जित निकालेको नेपाल १६औं खेलमा भने पराजित भयो।



    नेपालले जित निकालेको १५ मध्ये युएईलाई पाँच खेलमा, क्यानडालाई तीन खेलमा, स्कटल्यान्ड, नामिबिया र पिएजीलाई दुई दुई खेलमा तथा ओमानलाई एक खेलमा पराजित गरेको थियो।



    सन् २०२२ को नोभेम्बरमा युएईविरुद्ध खेलिएको सिरिजको पछिल्ला दुई खेल, अघिल्लो संस्करणको लिग–२ का अन्तर्गत सन् २०२३ मा खेलिएका आठ खेल, गत वर्ष भएको एसिसी प्रिमियर कपको दुई खेल र गत महिना क्याडनाविरुद्धको तीन खेल गरी नेपालले घरेलु मैदानमा लगातार १५ एकदिवसीय खेलमा जित निकालेको थियो।

    नामिबियासँग लज्जास्पद हार ब्यहोरेका नेपालका प्रशिक्षक मोन्टी देसाई नेपाल अब बलियो भएर आउने बताउँछन् । आजको हारबाट टिमले धेरै कुरा सिक्नुपर्ने बताएका उनले भने–‘यो हार हाम्रो लागि अवसर हो। यसले सिक्न र अघि बढ्न सिकाउँछ। हार्दा पनि हामीले आफ्नो भावना कसरी नियन्त्रण गर्छौं भन्ने महत्वपूर्ण हुन्छ ।’

    उनले नेपालले पहिलो दश ओभरमा दबाब झेल्न नसकेको पनि बताए। उनले भने–‘पहिलो १० ओभरमा हामीमाथि दबाब थियो। हामीले छिट्टै विकेट गुमायौं। पावरप्लेमा ४ विकेट गुमाउनु नराम्रो भयो। हामीले राम्रो साझेदारी गर्नुपर्थ्यो। कुशल मल्ल र भीम सार्कीको साझेदारीले केही राम्रो भयो । खेल र परिस्थितिबाट हामी कसरी सचेत हुन्छौं भन्ने महत्वपूर्ण हुन्छ। हामीले यस बारेमा कुरा पनि गरेका थियौं। हारे हामी फेरि बलियो बनेर आउनेछौं।’

    यता नेपालका कप्तान रोहितकुमार पौडेल भने नेपालका शीर्ष चार ब्याटर चल्न नसकेको कारण पराजित हुनु परेको बताउँछन् । उनले भने–‘हामीले पहिलो ४५ मिनेट राम्रो ब्याटिङ गर्नुपर्थ्यो,त्यसो गर्न सकेनौं। हाम्रा सुरूआती चार ब्याटरले राम्रो खेल्न नसक्दा हामीले राम्रो गर्न सकनौं। एकदिवसीय खेलमा शीर्ष चार पाँच ब्याटर महत्वपूर्ण हुन्छ, यो पार्ट एकदम मिस भयो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार