Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • ललिता निवास जग्गा प्रकरणको फैसला बिहीबार सुनाइने

    ललिता निवास जग्गा प्रकरणको फैसला बिहीबार सुनाइने

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 624
    SHARES

    काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणको फैसला बिहीबार मात्रै सुनाउने भएको छ ।

    बुधबारनै फैसला सुनाउने तयारी गरे पनि समय अभाव भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर बिहीबार फैसला सुनाइने भएको हो ।



    फैसला सुन्न प्रतिवादी र उनीहरुका वकिल विशेष अदालतमा उपस्थित भए पनि अदालतले समय अभाव देखाउँदै भोलिका लागि सारेको हो ।



    ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, ३ जना पूर्वमन्त्री, अख्तियारका तत्कालिन प्रमुखसहित त्यतिबेलाका उच्च पदस्थ सरकारी कर्मचारी, जग्गाधनी र जग्गा खरिद गर्नेहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार