Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल 'ए टिम' को प्रशिक्षकमा ज्ञानेन्द्र र कलाम, ३६ खेलाडीको नामावली सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल 'ए' टिमका लागि सम्भावित ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।

क्यानले बुधबार विनोद भण्डारी, विवेक यादव, प्रतिश जिसी, सन्दीप जोरा, अर्जुन साउद, हेमन्त धामीलगायतलाई समेटेर 'टिम ए' को सम्भावित नामावली सार्वजनिक गरेको हो।

त्यस्तै टिम एको प्रशिक्षकमा पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्ल र कलाम अलिलाई नियुक्त गरिएको छ ।

ज्ञानेन्द्रले गत महिना भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा एपीएफ क्लबको प्रशिक्षण सम्हालेका थिए । त्यस्तै कलाम अली भने बागमती प्रदेश टिमका प्रशिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077