Online Nepal
  • बुधबार, १० पुष २०८१
  • आन्तरिक लोकतन्त्र र नियमको पालना हुनुपर्छ : दिनेशकुमार थपलिया

    आन्तरिक लोकतन्त्र र नियमको पालना हुनुपर्छ : दिनेशकुमार थपलिया

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 531
    SHARES

    Photo: Naresh Shrestha/ THT

    काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुशासन कायम गर्नका लागि राजनीतिक दलभित्र सुशासन कायम हुन जरुरी भएको बताएका छन् ।

    राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले यस्तो बताएका हुन् । उनले अहिले उठिरहेका असन्तुष्टिका स्वर र कतिपय विषयवस्तु राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रसँग जोडिएर सार्वजनिक भएको बताए ।



    राजनीतिक दलको आन्तरिक लोकतन्त्र व्यवस्थित गर्न र नियमको पालना हुन नसक्दा दलसम्बन्धी उजुरी, गुनासो तथा मुद्दा मामिला आयोग र न्यायिक निकायमा क्रमशः बढ्दै गएको उनको भनाई छ ।



    मतदाता सार्वभौम सम्पन्न भएको र निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारबाट मतदाताको मत खरिद वा बिक्री हुन्छ भन्ने कल्पनासम्म गर्न सकिन्न भन्दै प्रमुख आयुक्त थपलियाले मतदाता पैसामा बिक्री हुने वस्तु हो र ? भन्दै प्रतिप्रश्न गरे ।

    निर्वाचन प्रणाली आफैँमा सस्तो र महँगो नहुने हुँदा प्रणालीबारे आयोगको कुनै टीकाटिप्पणी नहरने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार