Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीको विधान अधिवेशनमा १३ समूहले सुनाए निष्कर्ष

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी विधान अधिवेशनको दोस्रो दिन १३ वटा समूहले निष्कर्ष प्रस्तुत गरेका छन् । प्रथम विधान अधिवेशनको दोस्रो दिन आज १३ समूहले आफ्नो निष्कर्ष सुनाएका हुन् ।

आफ्नो समूहबाट सुझाव पेश गर्नेक्रममा हिमाल शर्माले पधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले प्रदेशलाई थप अधिकार दिनुपर्ने सुझाव पेश गर्नुपर्ने सुझाव दिए ।

यस्तै दिलीपकुमार प्रजापतिले पार्टीलाई जनतासमक्ष लैजान नयाँ विधानले सहयोग गर्ने विश्वास व्यक्त गरिएको उल्लेख गर्दै जातीय छुवाछुतलाई गम्भीर अपराधको रुपमा राख्नुपर्ने सुझाव पेश गरे ।

केन्द्रीय सदस्यको सङ्ख्या सकेसम्म कम गर्नुपर्ने सुझाव रहेको उल्लेख गर्दै उनले पूर्णकालिन पार्टी सदस्यको व्यवस्था स्पष्ट रुपमा व्यवस्था गर्न सुझाव दिए ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।अब बाँकी ७ समूहको सुझाव बिहीबार प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077