Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिटरब्याज पीडितको आन्दोलनमा झलनाथको समर्थन, भने - पीडितका आवाज सरकारले सुनोस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडित किसानका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

मेची–महाकालीबाट सुरू भएको मिटरब्याज पीडितको काठमाडौंसम्मको यात्रालाई समर्थन गर्दै खनालले पीडाबाट पूर्ण रूपले मुक्त बनाउने ढंगले कदम चाल्न र मिटर ब्याज पीडकहरूलाई कडा कारबाही गर्न सरकार समक्ष माग गरेका हुन् ।

‘मिटरब्याज पीडित किसानहरू मेची र महाकालीबाट आन्दोलनमा उत्रिन बाध्य भएका छन्। यो आन्दोलन दलाल पुँजीवाद र तिनीहरूका राजनीतिक प्रतिनीधिहरूले भूमिहीन, गरिब र मध्यम किसान जनता माथि गर्दै आएको मिटरब्याजी भनिने निर्मम, क्रूर र भयावह शोषण, अन्याय, अत्याचार र जनलुटका विरुद्ध जारी किसान आन्दोलन हो,’ उनले भनेका छन्

केही महिनाअघि पीडित किसानहरूले विभिन्न जिल्लाबाट ११ दिन पैदल हिँडेर राजधानी पुगेर आन्दोलन गर्दा पनि सरकारले पीडाको सम्बोधन गर्न नसकेको खनालले बताएका छन्।

उनीहरूका समस्याहरूलाई आधारभूत रुपले समाधान गर्न सरकारले कदम चाल्नुपर्ने पूर्वप्रधानमन्त्री समेत रहेकान खनालको निष्कर्ष छ । मिटरब्याज पीडकहरूका विरुद्ध किसानहरूले सुरु गरेको आन्दोलनलाई खनालले स्वतःस्फूर्त रूपमा उठेको वर्ग सङ्घर्ष भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077