Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विधानमाथि सामूहिक छलफल जारी, २ बजे निष्कर्ष पेस गरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ ।

मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

मुख्यसचिव ढकालका अनुसार आज दिउँसो १ बजेसम्म सामूहिक छलफल हुनेछ भने २ बजे प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकमा समूहका नेताले विधानमाथिको छलफलको निष्कर्ष पेस गर्नेछन् । एउटा समूहमा ५० देखि ५५ जना सदस्य छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077