काठमाडौं । आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस ।
युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।
पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ ।
यसै अवसरमा गायिका समीक्षा अधिकारीले भ्यालेन्टाइने डेको दिन प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल्नेहरुलाई व्यंग्य गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत् उनले यस्तो व्यंग्य गरेकी हुन् । उनले इमानदार जोडीलाई प्रेम व्यक्त गर्न भ्यालेन्टाइन डे जरुरी नपर्ने पनि बताइन् ।
उनले लेखेकी छिन्, ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मन सँग खेल खेल्ने हरुलाई पनि प्रेम दिबसको धेरै धेरै शुभकामना । मन देखि सच्चा सफा ईमान्दार माया गर्ने जोडिहरुको लागि त ३६५ दिन नै प्रेम दिवस हो ।’
Leave a Reply