Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • तेल बोक्ने ट्याकंरमा ५९४ केजी गाँजा, तीन भारतीयसहित चारजना पक्राउ

    तेल बोक्ने ट्याकंरमा ५९४ केजी गाँजा, तीन भारतीयसहित चारजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 768
    SHARES

    धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट पाँच सय ९४ केजी गाँजासहित चारजना पक्राउ परेका छन् ।

    बुधबार बिहान २ बजेतिर इलाका प्रहरी कार्यालय भेडेटारको प्रहरी टोलीले गाँजा बोकेको को १ ७३२२ नम्बरको डिजेलरपेट्रोल बोक्ने ट्याङकर गाडीसहित तीन भारतीय र एक जना नेपाली नागरिक पक्राउ परेका हुन् ।



    मुलघाटदेखि विराटनगर तर्फ जाँदै गरेको ट्याङकरमा चेकजाँच गर्दा ट्याङकरको तेल लगाउने पाँच वडा डिब्बा (केल) मध्ये बीचको (केल) भित्र ५ सय ९४ केजी गाँजा भेटिएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।



    पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ। मुचुल्का उठाउने काम भइरहेको र नियन्त्रणमा लिइएको व्यक्ति सहित ट्याङ्कर र गाँजालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा पठाउने तयारी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार