Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • झण्डै ७ किलो सुन र आधा करोड रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिक सार्वजनिक

    झण्डै ७ किलो सुन र आधा करोड रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिक सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    पोखरा । पोखराबाट ६ किलो सुन र ६ तोला चाँदीसहित पक्राउ परेका भारतीय नागरिक सुरजित भौमिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    सोमबार बिहान पोखरा २ मोहोरियाटोलबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज सार्वजनिक गरेको हो । उनको घर भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर हो ।



    उनलाई ६ किलो सुन र ६२ लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको कास्कीका प्रहरीले जनाएको छ । कोठाभित्र लुकाइछिपाइ राखेको ६.६९ किलो सुन, ६ तोला चाँदी र ६२ लाख ८१ लाख रुपैयाँको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    ३ तले घर भाडामा लिई बस्दै आएका भौमिकले अवैध सुन आयात गरी गरगहना बनाएर बिक्री गर्दै आएको सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    सुरजितलाई आवश्यक कानुनी कारबाहीका लागि बुधबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाउइने कास्की प्रहरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार