Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामेछापमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, दुईजना घाइते

रामेछाप । रामेछापमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रामेछाप नगरपालिका–९ ल्याङल्याङमा भएको दुर्घटनामा चालक सोही वडाका ३७ वर्षका गुणराज श्रेष्ठको मृत्यु भएको हो ।

यस्तै रामेछाप नगरपालिका–८ का मनोज मगर र सोही वडाका चन्द्रबहादुर शाही घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उक्त ट्याक्टर सुनकोशी नदी किनारबाट बालुवा लिएर ल्याङल्याङतर्फ आइरहेको थियो ।

घाइतेमध्ये चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077