Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्तो छ रास्वपाले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन [पूर्णपाठ]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कम्तीमा एक वर्ष बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था दर्ता बन्द गर्न सुझाव दिएको छ ।

सहकारी, लघुवित्तीय संस्थाको संकट र समाधानसम्बन्धी मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई बुझाइएको प्रतिवेदन रास्वपाले यस्तो सुझाव दिएको हो ।

रास्वपाले एक वर्षका लागि सहकारी संस्थाको कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृतीको काम बन्द गर्न भनेको छ ।

प्रतिवेदनमा साधारण बचतकर्ताको खर्बौँ रुपैयाँ परिचालन गर्ने सहकारी क्षेत्र समस्याग्रस्त हुँदा प्रणालीगत जोखिम बढेको र यसले समग्र अर्थतन्त्रलाई नै धराशायी बनाउने खतरा बढेको औँल्याइएको छ।

रास्वपा सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेसहितको टोलीले मंगलबार प्रधानमन्त्री दाहाललाई बालुवाटारमा प्रतिवेदन बुझाएको थियो ।

यस्तो छ पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077