Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फोहोर व्यवस्थापनमा कान्ति बाल अस्पतालको लापरवाहि, अब महानगरपालिकाले फोहोर नउठाउने

काठमाडौं । महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालले फोहोर व्यवस्थापनमा लापरवाहि गरेको भन्दै काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने निर्णय गरेको छ ।

महानगरकी उपप्रमुख सुनिता डंगोल नेतृत्वको टोलीले अनुगमनका क्रममा अस्पतालको फोहोर व्यवस्थापनमा कमजोरी देखेपछि फोहोर नउठाउने निर्णय गरेको हो।

फोहोर वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर नउठाउने जानकारी अस्पताललाई दिइएको महानगरपालिकाले जनाएको छ ।

अरूलाई नमूना भएर देखाउनु पर्ने अस्पतालहरु आफैंले कमजोरी गरेको देखिएको भन्दै उपप्रमुख डंगोलले भनिन्अ–‘अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो, यो गलत प्रक्रिया हो।’

रोगको उपचार गर्न आउने ठाउँ नै रोग उत्पादन स्थल बनेको भन्दै वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले फरक प्रकृतिको फोहोर राख्न रंग संकेतको पालना समेत नभएको उनले बताए।

श्रेष्ठले भने–‘स्रोतमा फोहोर छुट्टिएको, हानिकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको यकिन नहुञ्जेल फोहोर उठाउँदैनौं।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077