Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सत्ता गठबन्धनमा असन्तुष्टि चुलिँदै, गठबन्धन लाभदायक नभएको प्रचण्डको टिप्पणी

    सत्ता गठबन्धनमा असन्तुष्टि चुलिँदै, गठबन्धन लाभदायक नभएको प्रचण्डको टिप्पणी

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 597
    SHARES

    काठमाडौं । पाँच वर्ष अर्थात् अर्को आम निर्वाचनसम्म गठबन्धनलाई कायम राख्दै जनताका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएको सत्ता गठबन्धनभित्र असन्तुष्टि चुलिँदै गएको छ।

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन लाभदायक नभएको बताएपछि गठबन्धनभित्र आपसी मतभेद बढेको हो ।



    गठबन्धन दलका कतिपय नेताहरूले गठबन्धन र सरकारका जिम्मेवार व्यक्तिहरूकै कारण देशमा सुशासन कायम हुन नसकेको टिप्पणी गर्दै आएका थिए।



    सत्ता र प्रतिपक्षीबाट सरकारको आलोचना भइरहेको अवस्थामा सोमबार प्रधानमन्त्री स्वयंले कांग्रेससँगको गठबन्धन लाभदायी नभएको पार्टी बैठकमा ब्रिफिङ गरेपछि आपसी मतभेदमा थप बल पुगेको नेताहरूले बताएका छन्।

    माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले गत राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरू हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताएका थिए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार