Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विधान सम्मेलन अघि प्रज्ञा भवनमा माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । आज बिहान नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ ।

मस्यौदा विधान परिमार्जनको विषयमा छलफल गर्न आज बिहान १० बजे प्रज्ञा भवन कमलादीमा बैठक बस्न लागेको हो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरुले आ आफ्ना सुझाव दिएका थिए । मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस हुने छ ।

पार्टीको विधान सम्मेलन आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077