Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मस्यौदा विधान परिमार्जनसहित अधिवेशनमा पेस गर्ने माओवादी पदाधिकारी बैठकको निर्णय

काठमाडौँ । विधान मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस गर्ने माओवादी केन्द्रको पदाधिकारी बैठकले निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थायी समितिमा आएका सुझावसहित मस्यौदा विधान अधिवेशनमा पेस गर्ने निर्णय गरेको हो ।

प्रस्तावित मस्यौदा विधानमाथि स्थायी समितिबाट आएका सुझावसहित परिमार्जन गरी विधान अधिवेशनमा पेस गर्ने निर्णय भएको बताइएको छ ।

भोलि बिहान बस्ने पदाधिकारी बैठकले थप निर्णय गर्ने र बाँकी विषय अधिवेशनमा छलफल गर्ने तयारी गरिएको छ । विधान अधिवेशन मंगलबार बिहान ११ बजे प्रज्ञा भवनमा सुरु हुने छ । ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077