Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

काठमाडौं ।, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लीनस्वीप गरेको नेपाली टिमलाई बधाई दिएका छन् ।​

त्रिवि क्रिकेट मैदानमा सोमवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडालाई ९ विकेटले जितेपछि प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

उनले लेखेका छन्, 'तेस्रो खेलमा समेत उत्कृष्ट जीत हात पार्दै क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला क्लिनस्वीप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।'

क्यानडाविरुद्धको सिरिजमा नेपालले पहिलो खेलमा ७ रन, दोस्रो खेलमा ४ विकेट र अन्तिम खेलमा ९ विकेटको शानदार जीतसहित क्लीनस्वीप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077