Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस महासमितिको बैठकका लागि आर्थिक उपसमितिमा संयोजक र सदस्य चयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिको बैठक तयारीका लागि आर्थिक उपसमितिमा संयोजक र सदस्यहरू चयन गरेका छन् ।

आगामी फागुन ७ गते प्रारम्भ हुने पार्टीको महासमितिको बैठक तयारी गर्न सभापति देउवाले संयोजक र सदस्यहरू चयन गरेका हुन् ।

महासमितिको बैठक तयारीको मूल समितिका संयोजक उनले आज ुआर्थिक उपसमितिु को संयोजकमा पार्टीका केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा तथा सदस्यहरूमा केन्द्रीय सदस्यद्वय उमेश श्रेष्ठ र मोहन आचार्य, बागमती प्रदेशका सभापति इन्द्रबहादुर वानियाँ र सङ्खुवासभा कांग्रेसका सभापति दीपक खड्कालाई मनोनयन गरेका हुन् ।

सभापति देउवाले महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी उपसमितिले कुशलतापूर्वक निर्वाह गर्ने विश्वास लिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077