Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डको प्रस्ताव - ‘जनतासँग माओवादी’ अभियानमा सहभागी नभएका नेतालाई निलम्बन र घटुवा गरौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ‘जनतासँग माओवादी’ अभियानमा सहभागी नभएका नेतालाई निलम्बन र घटुवाको प्रस्ताव गरेका छन् ।

काठमाडौंमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा प्रचण्डले सो प्रस्ताव राखेका हुन् ।

साथै उनले फिल्डमा नजाने कार्यकर्तालाई पनि कारबाही गर्न प्रस्ताव गरे ।

फिल्डमा जाँदै नजाने कार्यकर्तालाई ‘चरा’ क्याटगोरीमा राख्नुपर्ने उनको भनाई छ । केन्द्रीय समिति बैठकमा आज प्रचण्डले इन्चार्जहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077