Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी बैठकमा प्रचण्डले भने - सरकारी जग्गा हडप्नेविरुद्धको अभियान रोकिँदैन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी जग्गा हडप्नेविरुद्धको अभियान नरोकिने बताएका छन् ।

काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठकको दोस्रो दिन सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भूमाफियाविरुद्ध सरकारले शुरू गरेको अभियान नरोकिने स्पष्ट पारे ।

‘बालुवाटारको ललिता निवास काण्डदेखि शुरू भएको भूमाफिया विरुद्धको अभियान अहिले पनि चलिरहेको छ । सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाउँछ, चाहे भूमाफिया हुन् कि सुन तस्कर,’ उनले भने ।

सरकारले जनताको मन जित्नेगरी सरकारका नीति तथा कार्यक्रम र बजेटको गृहकार्य गरिरहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077