Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • एकदिवसीय सिरिज

    क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल, हेमन्त धामीको डेब्यू

    क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल, हेमन्त धामीको डेब्यू

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 663
    SHARES

    काठमाडौं । क्यानडाविरूद्धको तेस्रो एकदिवसीय खेलमा नेपालले पहिले फिल्डिङ (बलिङ) गर्ने भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो ।



    यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितेको छ। बिहीबार भएको पहिलो खेलमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित निकालेको थियो।



    यस्तै, शनिबार भएको खेलमा ४ विकेटले विजयी भयो । नेपाल क्यानडासँगको सिरिज क्लीन स्वीप गर्ने लक्ष्यका साथ सोमबार मैदान उत्रिनेछ ।

    क्यानडा पनि सान्त्वना जितको खोजीमा हुनेछ । यस्तै आज नेपाली टिमबाट तीव्र गतिका बलर हेमन्त धामीले डेब्यू गरेका छन् ।

    यस्तो छ नेपालको प्लेइङ ११ :

    रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, हेमन्त धामी, ललित नारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह ।

    बेन्च : रिजन ढकाल, सोमपाल कामी, सूर्य तामाङ र आसिफ शेख ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार