Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नगरपालिकाको होडिङ बोर्ड चोरी गर्ने तीनजना पक्राउ

झापा । फलामे होडिङ बोर्ड चोरी गरेको आरोपमा झापाबाट तीनजना पक्राउ परेका छन् ।

आइतबार साँझ भद्रपुर नगरपालिका–४ स्थित रंगियाडाँडादेखि ज्ञानेचोकसम्म सडक किनारमा नगरपालिकाले राखेको फलामे होडिङ बोर्ड चोर्दाचोर्दै उनीहरूलाई भद्रपुर नगर प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१४ का ३१ वर्षीय अमित राजवंशी, मेचीनगर– १० का अन्दाजी १८ वर्षीय राजीव उराव र एक जना पिकअप चालक छन् ।

फिल्मी शैलीमा उनीहरूले रंगियाडाँडादेखि ज्ञानेचोकसम्मका ८ वटा होडिङ बोर्ड फलाम काट्ने ह्याक्सोले काटेर पिकअपमा हालिसकेका थिए ।

नगर प्रहरी तत्काल घटनास्थल पुगेर उनीहरूलाई पिकअप र होडिङ बोर्डसहित नियन्त्रणमा लिएका थिए । घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077