Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महासमिति बैठकलाई व्यवस्थित गर्न कांग्रेसले गर्‍यो यातायात व्यवस्था उपसमिति गठन

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा यातायात व्यवस्था उपसमिति गठन गरेको छ ।

आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठक बस्दैछ ।

उक्त बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन कांग्रेसका केन्द्रीय सस्दय खतिवडाको संयोजकत्वमा गठित उपसमितिमा सात सदस्य रहने छन् ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार गठित उपसमितिमा योगेन्द्रनाथ कर्माचार्य, केदारनाथ पौडेल, शरद अधिकारी, सानुकाजी प्रजापति, सुमन गिरी, धर्म भण्डारी र महेश्वर थापा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077