काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान सम्मेलनका लागि प्रश्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरूलाई दिएको छ ।
शुक्रबार र शनिबार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।
आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेबारी पार्टी पदाधिकारी बैठकलाई दिइएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा नेताहरूबीच पार्टीको केन्द्रिय समिति १५१ सदस्य रहने प्रस्तावमा पनि सहमती भएको छ । बैठकमा नेताहरूले पार्टीलाई विधि र विधान अनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
उनीहरूले पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औंल्याएको पनि प्रवक्ता सापकोटाको भनाई छ ।