Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • क्यानडाविरुद्ध कप्तान पौडेल, साह र खनालले बनाए अर्धशतक

    क्यानडाविरुद्ध कप्तान पौडेल, साह र खनालले बनाए अर्धशतक

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 882
    SHARES

    काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका तीन खेलाडीले अर्धशतक बनाएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कप्तान रोहित पौडेल, देव खनाल र अनिलकुमार साहले अर्धशतक बनाएका हुन् ।



    खेलमा पौडेलले ६७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् ।



    खनालले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका हुन् । उनी ८१ बलमा ७६ रन बनाएर आउट भएका छन् ।

    यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक पूरा गरेका छन् । उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाएका हुन् । अर्धशतक पूरा गरेलगत्तै उनी आउट भएका छन् ।

    उनले जम्मा १९ बलमा अर्धशतक बनाएर एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडी बनेका छन् ।

    २८६ रनको लक्ष्य पछ्याएको नेपालले ३६ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर २३५ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार