Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • अनिल शाहले बनाए सर्वाधिक छिटो अर्धशतक

    अनिल शाहले बनाए सर्वाधिक छिटो अर्धशतक

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 1K
    SHARES

    काठमाडौं । दोस्रो एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् । उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाएका हुन् । अर्धशतक पूरा गरेलगत्तै उनी आउट भएका छन् ।

    उनले बनाएको अर्धशतक एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका खेलाडीमध्ये सर्वाधिक छिटो हो । यसअघि पपुवा न्युगिनीविरुद्ध सन् २०२३ मा कीर्तिपुर मैदानमा आसिफ सेखले २१ बलमा अर्धशतक बनाएका थिए ।



    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । नेपालले १२ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ७५ रन बनाएको छ । नेपालले आसिफ सेखलाई १० रनमा गुमाएको थियो ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार