Online Nepal
  • शनिबार, २० पुष २०८१
  • एक दिवसीय सिरिज

    क्यानडाविरुद्ध नेपाल : १० ओभरमा दुई विकेट गुमाउँदा ७१ रन बनायो

    क्यानडाविरुद्ध नेपाल : १० ओभरमा दुई विकेट गुमाउँदा ७१ रन बनायो

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 774
    SHARES

    काठमाडौं । एक दिवसीय सिरिजको अन्तर्गत जारी दोस्रो खेलमा नेपालले क्यानडाविरुद्ध राम्रो सुरुवात गरेको छ । क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो १० ओभरमा दुई विकेटको क्षतिमा ७१ रन बनाएको छ ।

    नेपाललाई आक्रामक सुरुआत दिलाएका ओपनर अनिल शाहले १९ बलमा अर्धशतक बनाए । नेपालले १० ओभरको खेल जारी रहँदा ७१ रन जोडेको छ ।



    शाहले ३ छक्का र तीन चौका प्रहार गरे । एकदिवसीयमा नेपालका लागि दोस्रो छिटो अर्धशतक हो । कुशल मल्लले १८ बलमा हानेका थिए ।



    योसँगै नेपाललाई दोस्रो झट्का लागेको छ । पहिलो विकेटका रुपमा ओपनर आसिफ शेख १५ बलमा १० रन बनाउँदै आउट भएका थिए । क्रिजमा कप्तान रोहित पौडेल र देव खनाल छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार