Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी स्थायी समिति बैठक आज सकिंदै

    माओवादी स्थायी समिति बैठक आज सकिंदै

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 408
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दोस्रो दिन सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा स्थायी समिति सदस्यहरूले मस्यौदा विधान २०८० माथि आ–आफ्ना धारणा राखिरहेका छन् ।

    शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा कार्यदलले बुझाएको सुझावसहितको मस्यौदा पेस गरेका थिए ।



    अध्यक्ष प्रचण्डले समसामयिक राजनीति र अन्तर्राष्ट्रिय अवस्थाबारे ब्रिफिङ गरेका थिए भने मस्यौदाकारहरूले मस्यौदाको सारबारे बताएका थिए ।



    बैठक मस्यौदा परिमार्जनसहित अनुमोदन गरी आज सकिनेछ । आइतबार र सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा विधान अधिवेशन हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार