Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले भने - कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने बताएका छन् ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । उनले व्यापार प्रवर्द्धन लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए ।

आफूले तेस्रो पटक सरकारको नेतृत्व गरेपश्चात् नेपाल–चीनबिचको अन्तर्देशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077