Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने माओवादीका नेताहरुको माग

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताले पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी केन्द्रका नेताहरुले सो कुरा बताएका हुन् ।

उनीहरुले संविधानमा नै समाजवाद उन्मुख राज्य व्यवस्थाको उल्लेख गरिएको भन्दै पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने धारणा राखे ।

पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुनेगरी बनाउनुपर्नेमा नेताहरुले जोड दिएको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै, केन्द्रीय समिति १५१ सदस्यीय बनाउने गरी छलफल भएको पनि बताइएको छ । बैठक शनिबार पनि बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077