काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्दै छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव समेत रहेका पारसले ३० महिनाअघि सक्रिय खेलाडीबाट सन्यास लिएका थिए ।
तर उनी रुपन्देहीमा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्न लागेका हुन् ।
मैदान उद्घाटनको क्रममा चार टोलीबीच टी–१० प्रतियोगिता आयोजना गरिने छ । उद्घाटन फागुन १४ गते हुने बताइएको छ ।
Leave a Reply