Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वडाध्यक्ष बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अध्यक्ष बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो १५ लाख रुपियाँ रकमसहित जरिवाना सजाय हुन मागदाबी गर्दै शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077