काठमाडौं । राजधानीको चाबहिलमा रहेको गोपीकृष्ण हल बन्द हुने भएको छ ।
गोपी कृष्ण मुभिज् प्रा.लिले सञ्चालन गर्दै आएको उक्त हल आर्थिक संकटको कारण देखाउँदै बन्दको घोषणा गरेको हो ।
प्रालिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै फागुन १ गतेदेखि हल बन्द हुने जानकारी गराएको छ ।
२०५२ सालदेखि सञ्चालनमा आएको हल आर्थिक संकटका कारण हल बन्द गर्नुपर्ने स्थिति आएको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिए ।
कम्पनीले आजसम्म हल सञ्चालनमा सबैबाट प्राप्त सहयोग,सद्भाव तथा आत्मीयताका लागि धन्यवाद व्यक्त गरे ।
Leave a Reply