Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि सुरु हुने भएको छ ।

फागुन पहिलो सातादेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि आज र भोलि स्थायी समिति बैठक बस्न लागेको हो ।

बैठकमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल हुने जनाइएको छ । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको समितिले मस्यौदा तयार पारेर यसअघि नै पार्टीलाई बुझाएको थियो ।

उक्त मस्यौतामा पार्टीका तल्ला कमिटीसम्म छलफल गरेर २४ माघमा लिखित सुझाव आएपछि स्थायी समिति बैठकले ती सुझावमाथि छलफल गर्न लागेको हो ।

मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा प्रस्तुत गर्ने माओवादीको तयारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077