Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीले माग्यो भान्छेदेखि खेलाडीसम्म, कूचिकार र हजाममा पनि जागिर [सूचनासहित]

काठमाडौं । नेपाल प्रहरीले भान्छेदेखि खेलाडीका लागि पनि भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो ।

सार्वजनिक सूचना अनुसार कार्यालय सहयोगी भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ ।

खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने छ ।

दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ । यस्तै एक हजार ८५६ जना जवान पदमा पनि भर्ना खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077