Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुन तस्करी जाँचबुझ आयोगले लियो सीआईबीका डीएसपी कुवँरको बयान

    सुन तस्करी जाँचबुझ आयोगले लियो सीआईबीका डीएसपी कुवँरको बयान

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । ६० केजी सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी रुगम कुवँरको पनि बयान लिएको छ ।

    सीआईबीले जीवन चलाउनेलाई बयान लिएर छाडेको भन्दै कुँवरसँग सुन तस्करी जाँचबुझ आयोगले बयान लिएको हो । डीएसपी कुवँर सीआईबीको मुद्धा शाखाका प्रमुख हुन् ।



    ६० केजी सुन प्रकरणमा बेल्जियम नागरिक दावा छिरिङसँग कुराकानी भएको प्रमाण भेटिएपछि सीआईबीले चलाउनेलाई नियन्त्रणमा लिएको थियो ।



    तर पक्राउ परेको अर्को दिन चलाउनेलाई सीआईबीले उपस्थित हुने शर्तमा छाडेको थियो ।  तर, उनी लगत्तै फरार भएका छन् ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठ ले चलाउनेबिरुद्द अदालतले पक्राउ पुर्जी जारी गरेको र उनलाई प्रहरीले खोजी गरिरहेको केही समय अगाडि बताएका थिए । तर उनीहालसम्म पनि फरार छन् ।

    चलाउनेलाई पक्राउ गर्दा धेरै प्रहरी अधिकारीहरुको जागिर धरापमा पर्ने हुँदा उनलाई भगाइएको हो। प्रहरी सेटिङमै भगाइएका उनी हाल दुबइमा बसेर धन्दा चलाउँदै आएको स्रोत बताउँछ।

    सुन तस्करीमा अधुरो अनुसन्धान र गिरोहको सेटिङ भत्काउन सिआईबी असफल भएको अपुरो अनुसन्धानले नै देखाइरहेका बेला जीवन चलाउने फरार भएपछि त्यसबेला झन शंका उत्पन्न भएको थियो ।

    किनकी चलाउने चामल व्यापारको आवरणमा विगत तीन वर्षदेखि सुन तस्करी लगायत विभिन्न आपराधिक घटनामा सक्रिय रहँदै आएका व्यक्ति हुन् । चलाउनेको प्रहरीका उच्च अधिकारीहरुदेखि राजनीति नेतृत्वहरुसँग साँठगाँठ रहेको छ । उनको दावा छिरिङसँग कनेक्सन रहेको पनि भेटिएको थियो ।

    जीवन चलाउने उनै व्यक्ति हुन्, जो केही वर्ष अगाडि प्रहरीकै सुराकीका रुपमा काम गर्दथे । बाहिर देखाउँदा जीमी ब्राण्डको चामल व्यापार गर्ने र भित्री रुपमा आपराधिक गिरोहहरुसँग साँठगाँठ गरी चलाउनेले अवैध सम्पत्ति आर्जन गर्दै आएका छन् ।

    न्यूरोडमा हुण्डीको पैसा प्रहरीको मिलेमतोमा लुटिएको एक घटनामा पनि चलाउनेको संलग्नता रहेको छ । विकास अग्रवाल नामका हुण्डी ब्यापारीले केही वर्ष अघि सहकारीबाट रकम झिक्ने क्रममा प्रहरीकै मिलेमतोमा लुटपाट भएको थियो । चलाउनेको अग्रवालसँग कारोबार रहेको उतिबेलै खुलेको थियो ।

    तर, तत्कालिन एसएसपी श्याम ज्ञवाली निकट त्यतिबेलाका डिएसपीले रोइकराई गरी चलाउनेलाई जोगाइदिएका थिए । त्यसपछि त चलाउनेको सम्बन्ध प्रहरीका अधिकांश हाकिमहरुसँग झन रहँदै आएको छ । चलाउने केही प्रहरी अधिकारीको आम्दानीको स्रोत समेत बनेका छन् ।

    यस्तै जाँचबुझ आयोगले आजै पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीको पनि बयान लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार