Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चैत मसान्तसम्ममा सदस्यता नवीकरण गरिसक्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधिक र विस्तार गरिसक्ने भएको छ ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीले चैत २५ गतेसम्म संगठन सुदृढीकरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीको महाधिवेशनका निम्ति ०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय पनि गरिएको छ । एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठमा गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077