Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • कप्तान पौडेलले दिलाए नेपाललाई तेस्रो सफलता

    कप्तान पौडेलले दिलाए नेपाललाई तेस्रो सफलता

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 633
    SHARES

    काठमाडौं । नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्याडनाको तेस्रो विकेट लिएको छ।

    नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको क्यानडाका पर्गत सिंहलाई नेपालका कप्तान रोहित पौडेलले आउट गरेका हुन्।



    उनले ५० रन जोड्नुअघि तेस्रो विकेटका लागि निकोलास किर्टनसँग ७९ रनको साझेदारी गरेका थिए।



    त्यतिबेला क्यानडाले १९.४ ओभरमा ३ विकेटको क्षतिमा ११४ रन जोडेको थियो। त्यसअघि ओपनरद्वय आरोन जोनसन २० रन र नवनीत धलिवाल ६ रनमा आउट भए।

    रिजनले धलिवाललाई विकेट पछाडि आसिफ शेखबाट क्याच गराए। रिजनले डेब्यू खेलमै विकेट लिएका हुन्।

    बायाँ हाते तीव्र गतिका बलर रिजनले आफ्नो स्पेलको पाँचौ बलमा विकेट लिन सफल भए।यस्तै सोमपालले जोनसनलाई एलबिडब्लूको धरापमा पराे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार