Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

    नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 564
    SHARES

    काठमाडौं । पहिलो एकदिवसीय क्रिकेटमा  नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो ।



    नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए ।



    कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्।

    यस्तै भीम सार्की १७ रन र कुशल मल्लले पनि २० बनाए। आरिफ शेखले ५० बलमा ४ चौका प्रहार गरेर ३८ रन जोडेका थिए । पवन सर्राफ पनि १५ रन जोड्दा क्यानडाका शाहिद अहमजाइको एलबिडब्लूको धरापमा परे।

    सोमपाल कामीले जोडेको २७ रन नेपालका लागि महत्वपूर्ण साझेदारी गरे ।

    ४९ ओभरको पाँचौं बलमा आउट हुनुअघि उनले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे।

    रिजन ढकाल अन्तिम ओभरमा ४ रनमा आउट भए भने सूर्य तामाङ १० रनमा नटआउट रहे।

    रिजन र सूर्यले नेपाली टिमबाट एकदिवसीय खेलमा डेब्यू गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार