Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • संघीयता कार्यान्वयनबारे मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल

    संघीयता कार्यान्वयनबारे मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 519
    SHARES

    काठमाडौं । संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल भएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन्।



    संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे प्रधानमन्त्रीले गठबन्धनका नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरे ।



    छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत दलका नेताहरूको सहभागित रहेको थियो ।

    राष्ट्रिय समन्वय परिषद् दोस्रो बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएको बेला प्रधानमन्त्री र सत्तारढ गठबन्धनका नेताहरूसँग छलफल भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार