काठमाडौं। नेपाल र क्यानाडाबीचको पहिलो एकदिवसीय खेल भइरहँदा दर्शकले सन्दीप लामिछानेको पक्षमा हुटिङ गरेका छन् ।
क्रिकेटर लामिछानेको पक्षमा नारा लगाएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
कीर्तिपुरमा भइरहेको खेलमा नेपालले ब्याटिङ गरिरहँदा दर्शकले ब्यानर र नारा लगाएका थिए।
त्यसपछि प्रहरीले दर्शकलाई रोकेको थियो भने दुई जनालाई नियन्त्रणमा लिएको थियो।
‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरीले हस्तक्षप गर्यो ।
दर्शकले बोकेका केही ब्यानर पनि प्रहरीले खोसेको छ । केहीबेर तनावको अवस्था सिर्जना भएको थियो ।
Leave a Reply