Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • इन्टरनेटको तार जोड्न गएका युवकको करेन्ट लागेर मृत्यु

    इन्टरनेटको तार जोड्न गएका युवकको करेन्ट लागेर मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 813
    SHARES

    फाइल तस्विर

    कालीकोट । कालीकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

    अछामको पञ्चदेवल विनायक नगरपालिका–४ लयाँटीका २९ वर्षीय प्रकाश बुढाको दैलेख र कालीकोटको सिमाना दही खोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।



    करेन्ट लागेर गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए ।



    मृतक एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ । बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्दा करेन्ट लागेको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार