Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • संघीयता कार्यान्वयनका लागि वर्तमान सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

    संघीयता कार्यान्वयनका लागि वर्तमान सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 474
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताको कार्यान्वयनमा आफू दृढताका साथ लाग्ने प्रतिबद्धता जनाएका छन्।

    राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    उनले संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले आफूप्रति भरोसा गरेको बताए। यही शक्तिका साथ संघीयता कार्यान्वयनमा लाग्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।



    प्रधानमन्त्री प्रचण्डले भने,’चारवर्ष एउटै बैठक नबसेर बित्यो। मैले ६ महिनामा २ वटा बैठक राखेर संघीयता कार्यान्वयनको पहल लिएको छु । मलाई सबै मुख्यमन्त्रीज्यूहरूको आशा र भरोसा छ। संघीयता कार्यान्वयनमा यो मेरो शक्ति हो । मैले पनि सरकारको नेतृत्वमा आएदेखि नै यहीँ विषयलाई केन्द्रमा राखेर काम गरिरहेको छु।’

    संघ, प्रदेश र स्थानीय सरकारका काम कारबाहीमा समन्वय र सुदृढ गर्न परिषद्को बैठक राखिएको बताए।

    संघीयता कार्यान्वयन गर्न आफू मुख्यमन्त्रीहरूसँग लगातार छलफलमै रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनमा सबैले चासो र चिन्तन गर्नुपर्नेमा जोड दिए।

    उनले संघीय निजामती सेवा ऐन र प्रहरी समायोजनका लागि उपप्रधानमन्त्रीहरूलाई जिम्मेवारी नै तोकेर काम थालिएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार