Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • देशको अर्थतन्त्र सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्छ : अर्थमन्त्री महत

    देशको अर्थतन्त्र सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्छ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 513
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक भएको दाबी गरेका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक भए पनि त्यसलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए।



    अर्थमन्त्री महतले विगतमा आवश्यकता र प्राथमिकताविना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले समस्या परिरहेको बताए ।



    अर्थमन्त्री महतले भने,‘अर्थतन्त्र विस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ । किनकी हिँजोका दिनमा धेरै अनुत्पादक क्षेत्रमा खर्च भयो । आवश्यकताभन्दा ठूला-ठूला संरचनामा खर्च भए । दीर्घकालीन आवश्यकता र प्राथमिकताविना खर्च भए ।’

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एकसाथ ३९६ अस्पताल शिलान्यास भएको उदाहरण दिंदै उनले विगतको सरकारले पछि तिर्ने गरेर पहिल्यै खर्च गरेकाले त्यसको सम्पूर्ण दायित्व अहिलेको सरकारले व्यहोर्नु परिरहेको बताए ।

    बेथितिबाट बजेट खर्च भएको र बेथितिलाई थितीमा ल्याउन अझै समय लाग्ने उनको भनाई छ । तर समग्रमा अर्थतन्त्र लयमा फर्किंदै गरेको बताउँदै उनले भने, ‘बाह्य क्षेत्र सकारात्मक छ । आन्तरिक क्षेत्र पनि सकारात्मक हुँदै गएको तथ्यांकले नै देखाएको छ ।’

    अहिले मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघेको जानकारी दिंदै मन्त्री महतले त्यसलाई खर्च गर्न भने समस्या भएको बताए । आगामी दिनमा त्यो खर्च पनि तीव्ररुपमा बढ्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार