Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम सुरु

काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच सञ्चालन हुने संयुक्त तालिम अभ्यास ‘एक्स ब्यालेन्स नेल’ सुरु भएको छ ।

विक्रम सम्वत् २०६० सालदेखि सञ्चालन हुँदै आएको एक्स ब्यालेन्स नेलको यो ४१ औं संस्करण मंगलवारबाट शुरू भएको हो ।

नेपाली सेनाका अनुसार संयुक्त तालिम अभ्यासमा नेपाली सेनाबाट ३६ र अमेरिकी सेनाका १० जना गरी जम्मा ४६ जना सहभागी छन् ।

उक्त तालिम अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा आगामी फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077