Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • नागढुंगा निर्माणाधीन सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’को चरणमा

    नागढुंगा निर्माणाधीन सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’को चरणमा

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 660
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नागढुङ्गामा निर्माणाधीन सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’को चरणमा पुगेको छ ।

    आगामी फागुन २३ गते नागढुङ्गा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ हुने आयोजनाले जानकारी दिएको हो ।



    नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजलन इन्जिनियर गोविन्द दुमरुका अनुसार ‘ब्रेक थ्रु’ हुनका लागि अब मात्र ३२ मिटर बाँकी रहेको छ ।



    उनका अनुसार फागुन २३ गते ‘ब्रेक थ्रु’ हुने सम्भावना रहेको छ । यो सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएपछि नेपाल आधुनिक सुरुङ मार्गमा पहिलो पटक प्रवेश गर्नेछ।

    २०७६ पुसबाट निर्माण सुरु भएको नागढुंगा–सिस्नेखोला सुरूङमार्ग २०८० वैशाखसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार